२०८० फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख २२ हजार ८ सय ६ रहेको छ।
चालू आर्थिक वर्षको फागुनसम्म थप १६ हजार ५ सय ९० कम्पनी दर्ता भएका हुन्।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १५ हजार १ सय ८७ थियो।
कम्पनीमध्ये प्राइभेट लिमिटेड सबैभन्दा बढी ९६.९ प्रतिशत र अन्य ३.१ प्रतिशत रहेका छन्।
२०८० फागुनसम्म दर्ता भएका कम्पनीमध्ये २० लाखसम्म कुल पुँजी लगानी भएका कम्पनीको सङ्ख्या ३२.६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म पुँजी लगानी भएका कम्पनी ५२ प्रतिशत र १ करोडदेखि १५ करोडसम्म पुँजी लगानी भएका कम्पनी १३.८ प्रतिशत र १५ करोडभन्दा बढी पुँजी लगानी भएका कम्पनी १.७ प्रतिशत रहेका छन्।
51
Shares
प्रतिक्रिया