संघीय सरकारअन्तर्गतका सडक आधा बढी कालोपत्रे हुँदा प्रदेश र स्थानीय तहका २.७ प्रतिशत मात्रै कालोपत्रे भएका छन्।
आर्थिक सर्वेक्षण २०८१ अनुसार कुल सडकमध्ये कालोपत्रे ५३.२ प्रतिशत, खण्डास्मित २२.५ प्रतिशत र कच्ची सडक २४.३ प्रतिशत रहेको छ।
२०८० फागुनसम्म १८,२४१ किलोमिटर कालोपत्रे, ७,६९७ किलोमिटर खण्डास्मित र ८,३२९ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४,२६७ किलोमिटर पुगेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे स्तरमा र १९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छ भने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ ।
स्थानीय पूर्वाधार अन्तर्गत २०७९ फागुनसम्म ६६ हजार ५७ किलोमिटर सडक विस्तार भएकोमा २०८० फागुनसम्म ६७ हजार २ सय ४६ किलोमिटर सडक विस्तार भएको छ।
स्थानीय सडक पूर्वाधारअन्तर्गत निर्माण भएका सडकमध्ये कालोपत्रे ७.२ प्रतिशत, ग्राभेल २१.२ प्रतिशत र कच्ची सडकको अंश क्रमश ७१.६ प्रतिशत रहेको छ।
प्रदेश र स्थानीय स्तरका सडक सञ्जालमध्ये २०८० फागुनसम्म निर्माण भएको ६७ हजार २ सय ४६ किलोमिटर सडकमध्ये हिमालमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत सडक निर्माण भएको छ।
स्थानीय पूर्वाधार अन्तर्गत २०८० असारसम्म ६८५ सडकपुल निर्माण भएकोमा २०८० फागुनसम्म ६९२ सडकपुल निर्माण भएका छन् ।
स्थानीय तह प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २०८० असारसम्म ८७ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न भएकोमा २०८० फागुनसम्म ९७ प्रशासकीय भवन निर्माण सम्पन्न भएका छन्।
Shares
प्रतिक्रिया