ad ad

राजनीति


स्वर्णिम सहकारी ठगको मतियार हुन्, बीपीको नाम लिने अधिकार छैन : सांसद पौड्याल

स्वर्णिम सहकारी ठगको मतियार हुन्, बीपीको नाम लिने अधिकार छैन : सांसद पौड्याल

रास्वपा सांसद स्वर्णिम वाग्ले र कांग्रेस सांसद रमा कोइराला पौड्याल


नेपालखबर
जेठ १३, २०८१ आइतबार १६:३४, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाएकी छिन्। 

वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बीपी कोइरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बीपीको नाम लिनु गलत भएको उनले बताइन्। 

‘बीपीको नाम लिन सबैको अधिकार छ। तर बीपीले सहकार्य सुरुवात गर्दाखेरी जुन अवधारणाले सहकार्यको सुरुवात गर्नुभएको थियो। त्यो अवधारणा आज देखिएको छ त? जो सहकारी ठगहरुको मतियार हुनुहुन्छ,’ उनले भनिन्। 

उनले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानविन समिति नबनेसम्म काँग्रेसको आन्दोलन जारी रहने बताइन्।

‘उहाँले रोष्ट्रममा बीपीको नाम लिनु भनेको त्यो अत्यन्तै गलत भएको छ। सहकारी ठगहरुलाई बीपीको नाम लिने अधिकार छैन है। आज स्वर्णिमजीले नाम लिनुभयो। उहाँ सहकारी ठगको मतियार हो,’ सांसद कोइरालाले भनेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .