ad ad

कारोबार


राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस

नेपालखबर
जेठ १३, २०८१ आइतबार १६:४०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ। राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानी नोक्सानी भए नभएको विषयमा अझै गहन रुपले परीक्षण हुने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनमाा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने बताए। 

साथै उनले महालेखा परीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शिता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .