नेपाल राष्ट्र बैंकले घर जग्गा खरिद/निर्माण प्रयोजनमा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातको सीमा ५० प्रतिशतबाट ७० प्रतिशतमा पुर्याएको छ।
केन्द्रीय बैंकले आइतबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै भुक्तानी आम्दानी अनुपातको सीमा बढाएको हो।
‘घर जग्गा खरिद÷निर्माण प्रयोजनमा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम सीमा ७० प्रतिशत हुने’ निर्देशनमा उल्लेख गरिएको छ।
यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हयर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यवसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत थियो।
राष्ट्र बैंकले व्यक्तिगततर्फका आवधिक कर्जा तथा हायर पर्चेज कर्जालगायतमा भने ५० प्रतिशतको सीमा कायमै राखेको छ।
Shares
प्रतिक्रिया