तीन दिनसम्म स्थिर रहेको सुन र चाँदी दुवैको मूल्य आज वृद्धि भएको छ।
आज (सोमबार) सुन प्रतिलोता तीन सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ।
शुक्रबारदेखि आइतबारसम्म सुन चाँदी दुवैको मूल्य स्थिर थियो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यसैगरी चाँदी आज प्रतितोला एक हजार ८ सय ८० रुपैयाँ पुगेको छ।
गएको शुक्रबारदेखि आइतबारसम्म छापावाल सुन १ लाख ३६ हजार ९ सय र तेजाबी सुन १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
7.9k
Shares
प्रतिक्रिया