नेपाल चामल तेल दाल उद्योग संघले दल गेडागुडीमा लगाइएको १० प्रतिशत आायत कर फिर्ता लिन माग गरेको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८/८२ का लागि हालै प्रस्तुत बजेटमा नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री वितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा १० प्रतिशत अग्रिम आयकर लागेकोप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमा ‘कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी यहाँको उद्योग बन्द हुने भएको छ’ भनेको छ।
संघका अनुसार नेपालमा करिब ३५ वटा दाल उद्योग संचालनमा छन्। दाल उद्योगमा लगभग ३५ अरबको लगानी छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारले रोजगारी पाइरहेका छन्।
संघले दालमा कर वृद्धिबाट अरबौंको स्वदेशी लगानी डुब्ने सम्भावना औँल्याएको छ। साथै, कच्चा दालमा लागेको अग्रिम आयकर खारेजी गर्न माग गरेको छ।
Shares
प्रतिक्रिया