प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई हेयर एन्ड शान्ति सलुनले विशेष छुट दिने भएको छ।
काठमाडौंको कमलादीमा रहेको सलुन र प्रभु बैंक लिमिटेडबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
सलुनका निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
यसअनुसार सौन्दर्यसम्बन्धी सेवा लिँदा (थ्रेडिङ्गबाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्नेछ।
हेयर एण्ड शान्ति सलुनले दुई दशकदेखि निरन्तर विभिन्न स्थानमा (आउटलेटः काठमाडौंभित्र ८ र पोखरा १, वीरगन्ज १, हेटौंडा २ र नारायणघाट १) बाट सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको छ।
Shares
प्रतिक्रिया