नेपाली बजारमा सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।
आज तोलामा एक हजार रुपैयाँ बढेर सुन अहिलेसम्मकै सर्वाधिक महँगो भएकाे हो। आज छापावाल सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा १८ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँ कामय भएको थियो। यो हिजोसम्मको लागि सर्वाधिक महँगो मूल्य हो।
आज पुनः तोलामा एक हजार रुपैयाँ बढेर सुनको मूल्यले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड बनाएकाे छ।
आज तेजाबी सुनको मूल्य १ लाख ४४ हजार तीन सय रुपैयाँ पुगेको छ।
हिजो तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ३ सय थियो। आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर एक हजार नौ सय पुगेको छ। हिजो चाँदीको मूल्य एक हजार ८ सय ५० थियो।
6.4k
Shares
प्रतिक्रिया