पर्यटक वृद्धिले नेपालको आम्दानीमा ३५.१ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५१ अर्ब ३७ करोड रहेको थियो।
आम्दानीको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च बढेको छ। सेवा खाता अन्तगर्त भ्रमण व्यय ३९.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४ अर्ब २५ करोड रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१ खर्ब १२ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.७५ अर्ब १४ करोड रहेको थियो।
१० महिनामा खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो।
45
Shares
प्रतिक्रिया