सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गर्दै उनले सरकारले नीति तथा कार्यक्रममा ल्याएको सूचना प्रविधि क्षेत्रको संस्थागत पुनर्संरचना गर्ने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेका हुन्।
उनले सूचना प्रविधि सम्बद्ध निकायको संस्थागत पुनर्संरचनाका लागि अध्ययन गरेर अघि बढ्ने उल्लेख गरे।
उनले सञ्चार मन्त्रालयमा आफू लोकप्रियताका लागि नआएको बताए। त्यसकारण बुझेर मात्र बोल्ने उनको भनाइ थियो।
उनले भने, ‘म यहाँ पपुलर हुन आएको होइन। म डेलिभरी गर्न आएको हुँ। मन्त्रालयको कुरा बुझ्न धेरै बाँकी छ, आज ठूलो ठूलो कुरा गर्दिन।’
252
Shares
प्रतिक्रिया