ad ad

कारोबार


आईएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बी प्लस रेटिङ, समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने

आईएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बी प्लस रेटिङ, समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १३:५८, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ।

रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ। 

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ। रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो।

आ.व. २०८०/०८१ को अवधिमा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो। 

कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ।

रेटिङ एजेन्सीले आ.व. २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरेपश्चातको  कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्यांकन गरेको छ। यसले गर्दा आ.व. २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ। कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .