ऊर्जा सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रकलाइन महशुल विवादमा काटिएका लाइन जोडिने बताएका छन्।
संसद्बाहिर सोमबार बोल्दै मन्त्री खड्काले काटिएका लाइन छिट्टै जडान गर्ने बताएका हुन्।
संसद बाहिर बोल्दै मन्त्री खड्काले व्यवसायीले तिर्नुपर्ने बक्यौता तिर्नुपर्ने र काटिएको लाइन जोडिने बताए।
‘व्यवसायीले बक्यौता तिर्न बाँकी छ भनेर लाइन काटेर बस्नु भएन आज कुनै निकास आउँछ’, मन्त्री खड्काले भने, ‘व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनबाट सुविधा लिएको हो तर कति लिएको भन्ने निर्क्यौल हुन बाँकी छ।’
निर्क्यौल भएपछि व्यवसायीले पनि बक्यौता तिर्नुपर्ने उनको भनाइ थियो।
45
Shares
प्रतिक्रिया