ad ad

राजनीति


एमसीसी परियोजनाका कामहरू समयमै सक्नेगरी अघि बढेको छ : प्रधानमन्त्री

एमसीसी परियोजनाका कामहरू समयमै सक्नेगरी अघि बढेको छ : प्रधानमन्त्री

नेपालखबर
साउन ७, २०८१ सोमबार १६:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरू तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्ष भित्रै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका हुन्।

उनले सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको जानकारी दिए।

‘एमसीसी सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सवस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न गर्नेगरी कार्ययोजना स्वीकृत भई सोही अनुसार कार्य अगाडी बढेको छ,’ ओलीले भने, ‘आयोजनाको सवस्टेशन निर्माणको लागि ठेक्का सम्झौता समेत भइसकेको छ। ट्रान्समिशन लाइनको सम्बन्धमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ। बाँकी काम तिब्र रुपमा अगाडी बढेको छ।’

उनले एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तिय योजना ढाँचा कार्यान्वयन हुने पनि जानकारी दिए।

‘एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ। प्रस्तुत आयोजना सम्पन्न भएपश्चात् नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्नेछ भने सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने समेत जानकारी गराउन चाहन्छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .