ad ad

कारोबार


उद्योगलाई अतिरिक्त विद्युत महशुल दर लगाइएकोप्रति महासंघको आपत्ति

उद्योगलाई अतिरिक्त विद्युत महशुल दर लगाइएकोप्रति महासंघको आपत्ति

नेपालखबर
फागुन १९, २०७६ सोमबार १३:५८,

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड फिडर सरहको शुल्क तिर्न उद्योगहरुलाई पत्राचार गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुटवल भैरहवा औद्योगिक कोरिडर अन्तर्गत विद्युत महशुल दर बढाएर शुल्क बुझाउन पत्राचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले डेडिकेटेड लाइन र ट्रंक लाइनबाट विद्युत सेवा लिने औद्योगिक व्यापारीक, पर्यटकीय वर्गका ग्रहकहरुले विद्युत खपत गरेबापतको मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जि शुल्क बुझाउन भनी ६७ दशमलव ६७ प्रतिशत शुल्क बढाएर तिर्न पत्राचार गरेको भन्दै आपत्ति प्रकट गरे।

उनले उद्योगहरुले अतिरिक्त शुल्क तिर्नपर्ने कुनै कानूनी आधारहरु नदेखिएकोले थप विद्युत शुल्क र दस्तुर नलाग्ने दावी गरे। उनले औद्योगिक कोरिडर लाइनबाट विद्युत जडान गरी उद्योग सञ्चालन गरिएकोले ट्रंक लाइन र डेडिकेटेड फिडर सरहको सेवा शुल्क तिर्नु नपर्ने बताए।

उनले लोडसेडिङको समयमा उद्योग बन्द गरेर बसेका उद्योगीहरुलाई विद्युत महशुल संकलन विनियमावलि, २०७३ को विनियम ५ को उपनियम २, अनुसुची १ (क) अनुसार ट्रंक तथा डेडिकेटेड लाइन नलिएका उद्योगहरुलाई मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जी शुल्कको विलिङ गर्नु नियमावली सम्मत नभएको बताए।

नेपाल विद्युत प्राधिकरणले बुटवल भैरहवा औद्योगिक कोरिडरको लाइन ट्रंक लाइन भएको भन्दै गत मंसिरमा उद्योगहरुलाई शुल्क बुझाउन पत्राचार गरेको थियो। तर उद्योगीहरुले कुनै ट्रंक तथा डेडिकेटेड फिडर प्रयोग नगरेको भन्दै शुल्क बुझाउन नसक्ने बताउँदै आएका छन्।

वरिष्ठ उपाध्यक्ष गोल्छाले उद्योगहरुले विद्युत महशुल, दस्तुर समय मै भुक्तान गरी छुट सुविधा समेत लिँदै आएको अवस्थामा अहिले एकतर्फी रुपमा तीन चार वर्ष देखिको थप अतिरिक्त सेवा शुल्क लाग्ने पत्राचार भएपछि आफूहरु हतास र मर्माहत भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .