ad ad

कारोबार


कुवेतमा पुनः उडान सुचारु गर्दै हिमालय एअरलाइन्स, टिकट बुकिङ खुल्ला

कुवेतमा पुनः उडान सुचारु गर्दै हिमालय एअरलाइन्स, टिकट बुकिङ खुल्ला

नेपालखबर
साउन २८, २०८१ सोमबार १२:१२, काठमाडौँ

हिमालय एअरलाइन्सले यही अगस्ट २० (भदौ ४) देखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ।

‘हाम्रा यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्सले आफ्नोे सीधा उडान पुनः सञ्चालन गर्न लागेको हो’, कम्पनीले भनेको छ।

काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु हुने उडानले दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

यसका लागि कम्पनीले जनरल सेल्स एजेन्ट (जीएसए) पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ।

सुरुवातमा कम्पनीले काठमाडौँ–कुवेत–काठमाडौँ हवाइमार्गमा हप्तामा एक उडान सञ्चालन गर्नेछ। थप मागको आधारमा उडानहरू थप्ने योजना कम्पनीको छ। 

काठमाडौँ–कुवेत उडान (एच९ ५७१),  काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समयअनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल कुवेतमा अवतरण गर्नेछ। 

त्यसैगरी कुवेत–काठमाडौँ उडान (एच९ ५७२), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समयअनुसार बिहान ११ः५० मा काठमाडौं अवतरण गर्नेछ।

योसँगै कम्पनीले कुवेत जाने यात्रुहरुका लागि बुकिङ खुल्ला गरिसकेको छ। यात्रुहरूले हिमालय एअरलाइन्स र कुवतेमा सिजर्स ट्राभल ग्रुपको सेल्स अफिस वा नजिकैको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .