ad ad

राजनीति


नयाँ युवा नीति आवश्यक : राष्ट्रपति पौडेल

नयाँ युवा नीति आवश्यक : राष्ट्रपति पौडेल

नेपालखबर
साउन २८, २०८१ सोमबार १२:२१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यक भएको बताएका छन्। 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको जिकिर गरे। 

परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

‘अहिले परिस्थिति धेरै बदलिएको छ। संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भइसकेको छ,’ राष्ट्रपति पौडेलले भने, ‘परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक छ।’

गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सिमितता, व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सिमितता रहेको राष्ट्रपति पौडेलको भनाइ छ। 

‘तर गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सिमितता, व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सिमितता रहेको यथार्थ हाम्रो सामु छ,’ पौडेलले भने, ‘यी चुनौतिलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तित स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य, मान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना र वातावरणीय सम्पदाको संरक्षण र संवद्र्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आवश्यकताको परिपूर्ति, समानता एवं समतामुलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .