विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गरेर संस्थाबाट बाहिरिने भएको छ।
ग्रुपले आफ्नो स्वामित्वमा रहेको ७ लाख कित्ता सेयर बिक्रीका लागि कम्पनीमा आवेदन दिएको हो।
आवेदनपछि नेपाल पुनर्बीमा कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको उक्त सेयर प्रतिकित्ता ४५० रुपैयाँमा बिक्रीमा राखेको हो।
कम्पनीले संस्थापक सेयरधनीबाटै खरिदका लागि आह्वान गरेको छ। इच्छुक लगानीकर्ताले असोज ८ गतेसम्म खरिदका लागि बोलपत्र पेस गरिसक्नुपर्नेछ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ। इच्छुक लगानीकर्ताले एनआईसी एसिया क्यापिटलमा आवेदन बुझाउन सक्नेछन्।
378
Shares
प्रतिक्रिया