साताको अन्तिम कारोबार दिन ७ कम्पनीका लगानीकर्ता मालामाल भएका छन्।
कुल १९ अर्ब १६ करोड रुपैयाँको कारोबारमा ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो।
यसरी धेरै बढेका सेयरमा तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रि स्टार हाइड्रोपावर कम्पनी छन्।
लगानीकर्ताले क्रमशः १२२.३०, ६२.६०, ३८, ७५.१०, ५९.४०, ४७.६० र ८६ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यता १०.२५ प्रतिशत एसबीएल डिबेन्चरका लगानीकर्ताले भने १० प्रतिशत नै गुमाएका छन्। बाँकी गुमाउनेले ३.९५ प्रतिशतसम्म मात्र प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
बिहीबार नेप्से सूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेको छ। कुल ४ करोड कित्ता सेयर बिक्रीमा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँको सेयर कारोबार भएको हो।
आज १३३ कम्पनीको सेयर मूल्य बढ्दा १०८ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
सर्वाधिक कारोबारतर्फ आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ अर्ब ३ करोड ९३ लाखको सेयर कारोबार हुँदा बाँकी कम्पनीहरुको अधिकतम ४७ करोडसम्मको कारोबार भएको छ।
Shares
प्रतिक्रिया