ad ad

कारोबार


टाटाको पन्च ईभी : टेस्ट ड्राइभमा ३०० किमि रेन्ज, कति पर्ला मूल्य? (भिडिओ)


नेपालखबर
भदौ ६ , काठमाडौँ

टाटाको पन्च ईभीले नेपाली सडकमा ३०० किम रेन्ज दिने ड्राइभ टेस्टबाट देखिएको छ।

सिप्रदी ट्रेडिङले नेपालमा पन्च भित्र्याएर करिब १ महिना गुडाउँदा एक पटकको चार्जमा ३०० किमिसम्म रेन्ज दिएको हो। 

विद्युतीय गाडीको रेन्ज २० देखि २५ किलोमिटर फरक पर्छ। पन्च ईभी काठमाडौंबाट दामनदेखि चितवनलगायत नेपालका धेरै ठाउँमा पुर्‍याइएको कम्पनीले जनाएको छ। 

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस हेड सावनजंग सिजापतीले सब–कम्प्याक्ट एसयूभीको रुपमा सार्वजनिक गर्न लागेको बताउँदै पन्च प्रयोग गर्दा एसयूभी गाडी चढेको अनुभव लिन सकिने बताए। 

‘सहरी क्षेत्रका जुनसुकै ठाउँमा जान, पार्क गर्नलाई कुनै अप्ठ्यारो हुँदैन’, सिजापतीले थप फिचर्सको बारेमा भने, ‘पन्च ईभीमा सनरुफको सुविधा छ।  यही रेन्जका अरु गाडीमा सनरुफको फिचर्स पाइँदैन।’

पन्चमा ३५ किलोवाटको ब्याट्री छ। कम्पनीले यसलाई नेपालका फरक–फरक भूगोलमा प्रयोग गरिरहेको छ। करिब १ महिनादेखि २ वटा विद्युतीय गाडी प्रयोग भइरहेको उनले बताए।  

१२ सय किलोमिटर सिजापती आफैँले ड्राइभ गरेका थिए। कम्पनकिो सर्भिस गर्ने प्राविधिकले ड्राइभ गर्दा २७० देखि ३०० किमिसम्म रेन्ज दिएको उनले सुनाए। 

‘विद्युतीय गाडी चलाउने तरिकामा कति रेन्ज दिन्छ भन्ने हो’, उनले थपे, ‘भदौ ११ गते नाडा अटो सोमा गाडीको मूल्य सार्वजनिक हुनेछ।’ 

गत वर्ष टियागो ईभीमा ग्राहक झुम्मिएजस्तै २०२४ को नाडा अटो सोमा पन्ज ईभीमा ग्राहक थुप्रिने कम्पनीको विश्वास छ। 

टियागोको मूल्य सार्वजनिक गर्दा वाह भनेका ग्राहकले यसपटक पनि पन्च ईभीलाई उस्तै प्रतिक्रिया मिल्ने कम्पनीले जनाएको छ। 

भारतमा सेफ्टी क्रयास रेटिङमा ५ स्टार पाएको पन्चमा ६ वटा एयरब्याग छन्। यसमा सिटी र स्पोट्र्स २ मोड छन्। कम्फर्टका लागि एयर प्युरिफाई, भेन्टिलेटेड सिट, भ्वाइस एसिस्टेन्ट इलेक्ट्रिक सनरुफ, रेन सेन्सिङ वाइपर्स राखिएका छन्। 

आधुनिक फिर्चसमा ३६० भ्यू क्यामेरा, ब्लाइन्ड स्पोट मनिटर, वायरलेस स्मार्ट फोन चार्जर, मल्टिपल भ्वाइस एसिस्टेन्ट, अटो हेडल्याम्प छ। 

गाडीको लम्बाइ ३८ सय ५७ एमएम, १७ सय ४२ चौडाइ र उचाइमा १६ सय ३३ एमएम र ह्विलबेस २४ सय ४५ एमएम छ। ३.३ किलोवाट एसी चार्जरबाट ९.४ घण्टा लाग्छ भने ७.२ किलोवाटको एसी चार्जरबाट ३.६ घण्टा लाग्छ। 

५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशतसम्म ५६ मिनेटमै पुग्छ।

टाटाको चौथो विद्युतीय मोडल 
टाटा मोटर्सको इन्ट्री लेभलमा हचब्याग सेगमेन्टको टियागो ईभी बिक्री गरिरहेको छ। छोटो समयमा नेपालको हचब्याग सेगमेन्टमै यसले आधा बढी हिस्सा लिएको छ। नेपालमा सबैभन्दा लोकप्रिय गाडी बनेको छ। 

पन्च ईभी टियागोभन्दा माथिको रेन्जमा सार्वजनिक हुनलागेको हो। टियागो ईभी कम्प्याक्ट एसयूभी सेगमेन्टमा पर्छ। 

अर्को मोडलमा टिगोर ईभी छ। काठमाडौंको सडकमा देखिने एक्सप्रेस टी ट्याक्सीको रुपमा बिक्री भइरहेको छ। टाटाले नेपालमा सुरुमा ल्याएको नेक्सन ईभी छ। ग्राहकले आफूअनुकूलको टाटाका विद्युतीय गाडी रोजेर खरिद गर्न सक्छन्। 

तस्बिर/भिडिओ : सरोज नेपाल

भदौ ६, २०८१ बिहिबार १९:५०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .