पाँचवटा रेमिट्यान्स (विप्रेषण कारोबार गर्ने) कम्पनी स्वतः खारेज हुने भएका छन्।
नेपाल राष्ट्र बैंकले राम्रो रेमिट प्रालि, ग्लोबल माउन्टेन रेमिट प्रालि, संसार रेमिट प्रालि, ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालि स्वतः खारेज हुने जनाएको हो।
योसँगै राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै ती कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसाग सम्बन्धित कारोबार मात्र) रकम बाँकी भए ३५ दिनभित्र लिखित सम्पर्क गर्न आग्रह गरेको छ।
तोकिएको म्यादभित्र लिखित जानकारी नआए बैंक जमानतसमेत फुकुवा भई जाने विभागको भनाइ छ।
राष्ट्र बैंकले भनेको छ, ‘स्वतः खारेज भइजाने रेमिट्यान्स कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र यस बैंकले हिसाबमिलान गरिदिने व्यहोरा जानकारीका लागि अनुरोध छ।’
Shares
प्रतिक्रिया