ad ad

कारोबार


५ वर्षका लागि नवीकरण भयो एनसेल

५ वर्षका लागि नवीकरण भयो एनसेल

नेपालखबर
भदौ १७, २०८१ सोमबार १४:४७, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको नवीकरण गरेको छ।

सरकारले यही भदौ १३ मा शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेपछि प्राधिकरणले सोहीअनुसार एनसेलको मोबाइल सेवा अनुमतिपत्र नवीकरण गरेको हो। 

लामो समयदेखि एनसेलको नवीकरण रोकिँदै आएको थियो। गत जेठ १४ मा ४ अर्ब बुझाएर किस्ताबन्दी सुविधा माग्दै नवीकरणको आवेदन दिइएको थियो। लामो समयपछि शर्तसहित उक्त सुविधा पाएको हो। यसअनुसार एनसेलले १ अर्ब बुझाएर नवीकरण गरेको हो।

अब बाँकी ३ किस्ताबापतको १५ अर्ब रुपैयाँ प्रत्येक वर्ष ५/५ अर्बका दरले एनसेलले तिर्नुपर्नेछ। बाँकी रकममा सरकारले १० प्रतिशत ब्याज पनि लिने निर्णय गरेकाले सोहीअनुसार हुने प्राधिकरणले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .