ad ad

कारोबार


७ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट, साढे १३ अर्बको किनबेच

७ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट, साढे १३ अर्बको किनबेच

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १५:१२, काठमाडौँ

६ अंकले हरियो भएको बजारमा साढे १३ अर्बको सेयर किनबेच भएको छ। 

मंगलबार नेप्से ६.९० अंकले हरियो भएर २८३०.१६ विन्दुमा थामिएको हो। 

उतारचढावका बीच ३ करोड कित्ता बिक्रीमा १३ अर्ब ५७ करोडको खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ। 

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट 
आज सातवटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। 

बढेकामा एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावर रहेका छन्। 

यी कम्पनीका लगानीकर्ताले क्रमशः ११५.५०, ६४, १३९.७०, ७८.४०, १७६.७०, १४१.६० र ६३.१० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका हुन्। यसबाहेक अन्य ५ कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ। 

आज गुमाउने लगानीकर्ताले ८.८६ प्रतिशतसम्म प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। सर्वाधिक कारोबार भने एनएलजी इन्स्योरेन्सको भएको छ। कम्पनीको ३४ करोडको कारोबार भएको हो। 

यसबाहेक गुडविल फाइनान्सको २९ करोड ५४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोड २६ लाख, अपि पावरको २६ करोड ४४ लाख र हिमालयन रिइन्स्योरेन्सको २५ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .