ad ad

कारोबार


अब टरिगाउँमा प्रत्येक शुक्रबार मात्र उडान हुने

अब टरिगाउँमा प्रत्येक शुक्रबार मात्र उडान हुने

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार ११:३१, काठमाडौँ

नेपाल वायुसेवा निगमले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रवार मात्र उडान भर्ने भएको छ। गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए।

निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने नीति लिएको उनले जानकारी दिए। ‘हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ’, उनले भने, ‘त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ।’

अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे जहाज टरिगाउँ आउने र १२ः२० मा फर्किने उनले बताए। 

हाल दाङबाट काठमाडौँ जाँदा रु सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने उनले बताए। 

अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ। जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेका भन्दै नियमित भएमा यो समस्या नहुने उनको दाबी छ।

यसअघिको शुक्रवार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए। टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो। केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए।

उक्त विमानस्थललाई नियमित बनाउन पटक-पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो। 

सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन्। यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .