ad ad

समाज


रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

दिनेश बुढा
भदौ २४, २०८१ सोमबार १२:५, सुर्खेत

रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ। 

मुसिकोट नगरपालिका–६ र ७ नम्बर वडाको बीचमा पर्ने रम्बाखोलाले गएराति मोटरसाइकल बगाउँदा एक महिला र एक पुरुषाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ बस्ने ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ बस्ने अन्दाजी ३३ वर्षीय निर्मला थापा छन्।

गएराति परेको अविरल वर्षासँगै रम्बाखोलामा बाढी आएको थियो। उक्त बाढीले रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा बगाउँदा पुन र थापाको मृत्यु भएको हो। उनीहरु साँखबाट कानेबाङतर्फ जाँदै थिए। 

आइतबार बेलुका करिब ८ बजेको समयमा मुसिकोट नगरपालिकाकै साँख गाउँबाट कानियाँ गाउँतर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकलसहित उनीहरुलाई बाढीले बगाएको हो। 

घटनास्थलबाट करिब तीन सय मिटर तल महिला र  करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरीले जनाएकाे छ। 

पुरुषको शव मोटरसाइकलले च्यापिएको अवस्थामा र महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए। 

मृतक दुवैको शव पोष्टमाटको लागि जिल्ला अस्पताल रुकुमपश्चिममा लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .