ad ad

कारोबार


विमानस्थलमा खादामालाले उपकरणमा क्षति पुग्यो, सौन्दर्यमा असर पर्‍यो : उड्डयन प्राधिकरण

विमानस्थलमा खादामालाले उपकरणमा क्षति पुग्यो, सौन्दर्यमा असर पर्‍यो : उड्डयन प्राधिकरण

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १२:३४, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइका लागि प्रयोग गरिने खादामालाले विमानस्थलका विभिन्न उपकरणहरूमा गम्भीर क्षति भएको जनाएको छ। 

यी सामान विमानस्थलमा लापरबाहीपूर्ण रुपमा जहाँतहीँ राखिदिँदा विमानस्थलको सौन्दर्यमा समेत असर पुगेकोले यस्ता वस्तु प्रयोग नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ। 

‘हवाइ यात्रु महानुभावहरुले यस त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादा आदि सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरू), कन्भेयर बेल्ट तथा स्केलेटरहरूमा अडकिई उपकरणहरूलाई गम्भीर क्षति पुर्‍याई रहेको’, प्राधिकरणले भनेको छ, ‘साथै यात्रुहरुले खादा / मालाहरू बिमानस्थलका बिभिन्न क्षेत्रहरुमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको हुँदा विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधि भर यस्ता माला, खादा आदि वस्तुहरु प्रयोग नगरिदिन हुन र यात्रु महानुभावले सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी राखेर मात्र लगिदिन हुन यात्रु तथा सम्पूर्ण महानुभावहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपिल गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .