ad ad

कला


निश्चल बस्नेतले फिल्म ‘डेनी डेन्जरस’ बनाउने

निश्चल बस्नेतले फिल्म ‘डेनी डेन्जरस’ बनाउने

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १२:४७, काठमाडौँ

निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म बनाउने भएका छन्। 

एक पोस्टर सार्वजनिक गर्दै उनले फिल्म ‘डेनी डेन्जरस’ बनाउने घोषणा गरेका हुन्। 

सार्वजनिक पोस्टरमा रगतदेखि बन्दुक र चक्कु समेत देख्न सकिन्छ। जसले फिल्म एक्सन जनरामा बन्ने संकेत गर्छ। 

यो उनको पाँचौ निर्देशकीय फिल्म रहेको निश्चलले फेसबुकमा उल्लेख गरेका छन्। यो फिल्म सन् २०२५ मा रिलिज हुने बताइएको छ। 

यसअघि निश्चलले हिट फिल्म ‘लुट’ को दुई सिरिजसहित टलकजंग भर्सेस टुल्के, दिमाग खराब निर्देशन गरिसकेका छन्। 

ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा भएको फिल्म एक्सन जनरामा बन्नेछ। पोस्टर सार्वजनिक गरिएपनि कलाकारबारे भने खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .