ad ad

कारोबार


थापाथलीमा मन्त्री भण्डारीले उद्घाटन गरे सुपथ मूल्य पसल, के-के खाद्य वस्तु कतिमा पाइन्छ? (तस्बिरहरू)

थापाथलीमा मन्त्री भण्डारीले उद्घाटन गरे सुपथ मूल्य पसल, के-के खाद्य वस्तु कतिमा पाइन्छ? (तस्बिरहरू)

सरोज बैजु
असोज ३, २०८१ बिहिबार १४:१६, काठमाडौँ

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा आएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याउने चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू ४२ जिल्लाहरूको ६३ वटा स्थानहरूमा सञ्चालन गरिएको छ।

जसमध्ये काठमाडौँबाट आज उद्घाटन गरिएको हो भने असोज ७ गतेभित्र देशभरका ६३ वटै सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याइसक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जनाकारी दिइन्। 

आज असोज ३ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ।

देशभर सर्वसाधारणहरूले सहुलियत दरमा के के पाउँछन्?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुटमा उपलब्ध गराइनेछ। 

त्यस्तै, तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति केजी तथा प्रति लिटर ७ छुट  र त्यसै गरी कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रति केजी ७ छुट दिइएको छ।

खसीबोका तथा च्याङग्राहरुमा प्रतिकेजी १० रुपैयाँको सहुलियत प्रदान गरिनेछ। देशभर ५ हजार मेट्रिक टन खाद्यान्न चामल विक्री गर्ने लक्ष्य लिइएको जनाएको छ। व्यापार कम्पनीले १५ सय खसिबोका र तीन सय च्याङ्ग्रा ल्याउन लागेको छ।

सहुलियत पसलका लागि खाद्य कम्पनीले ४ करोड बजेट छुटाएको छ। भने, सर्वसाधारणहरूलाई दिइने छुटका लागि ३ करोड बजेट छुटाइएको छ 

बागमती प्रदेशको प्रादेशिक कार्यालय थापाथलीमा रहेको छ। काठमाडौँ उपत्यकाभित्र नख्खु, ललितपुर, सिंहदरबारको पश्चिम गेट नजिक र भक्तपुरको सूर्य विनायकमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .