ad ad

कारोबार


पेट्राेल, डिजल र मट्टितेलकाे मूल्य घट्याे

पेट्राेल, डिजल र मट्टितेलकाे मूल्य घट्याे

नेपालखबर
चैत ३, २०७६ सोमबार १३:५२,

पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ।

नेपाल आयल निगमका अनुसार साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेल, डिजल र मट्टितेलकाे मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटेकाे छ।

यस्तै, हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य घटेकाे छ। तर खाना पकाउने ग्यासकाे मूल्य भने यथावत राखिएकाे छ।

नयाँ मूल्यसूची अनुसार पेट्राेलकाे मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ डिजल र मट्टितेलकाे ९५ रुपैयाँ तथा हवाई इन्धनकाे ९० रुपैयाँ कायम गरिएकाे छ।

अन्तर्राष्ट्रिय बजार मूल्यमा गिरावट आएको भन्दै नेपाल आयल निगमले नेपालमा पनि मूल्य घटाएको हो।

विश्व बजारमा तेलको मूल्य अघिकतम रुपमा कमी आए पनि नेपालमा भने २ रुपैयाँ मात्रै घटेको हो। फागुन ११ गते मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोलमा) कर बढाए पछि मूल्य धेरै घटाउन नसकेको निगमले जनाएको छ। नेपालले भारतको मूल्य सूचि अनुसार पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्दै आएको छ।

भारतमा २७ फेब्रुअरी यता लगातार जसो मूल्य घटिरहेको छ। आइतबार पनि भारतीय सहरमा औसत १२ पैसाको दरले पेट्रोलको र १५ पैसाका दरले डिजेलको मूल्य घटेको छ। भारतीय सहर नयाँ दिल्लीमा पेट्रोलको मूल्य आज ६९.७५ भारु र डिजेलको ६२.४४ भारु प्रतिलिटर कारोबार भएको छ।

आज मुम्बईमा सबैभन्दा बढी ७५.४६ भारु (पेट्रोल) र ६५.३७ भारु (डिजेल) कारोबार भएको छ। भारतमा पेट्रोल र डिजेलको दैनिकजसो मूल्य परिवर्तन हुन्छ र बिहान ६ बजे नै अपडेट भइसकेको हुन्छ।

यसैबीच, गत हप्ता २९ वर्षयताकै उच्च दरमा घटेको कच्चा तेलको मूल्य आइतबार केही बढेको छ। बीबीसीका अनुसार ब्रेन्ट क्रुड १.९० प्रतिशतले बढेर ३३.८५ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ। त्यस्तै वेस्ट टेक्सास इन्टरमेडिएट क्रुड आयल शून्य दशमलव ७३ प्रतिशतले बढेर ३१.७३ अमेरिकी डलर प्रतिब्यारेल कारोबार भएको छ। त्यस्तै प्राकृतिक ग्यासको मूल्य पनि बढेको छ।

यो मूल्य सूचि अनुसार नेपालमा पनि डिजेल तथा पेट्रोलको मूल्य कम्तिमा ५ रुपैयाँ घट्न पर्ने भए पनि निगमले २ रुपैयाँ मात्रै घटाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .