ad ad

कारोबार


ग्यास समयमै बिक्री नगरे उद्योगमै फिर्ता हुने

ग्यास समयमै बिक्री नगरे उद्योगमै फिर्ता हुने

नेपालखबर
चैत १६, २०७६ आइतबार ८:३,

नेपाल आयल निगमले ग्यास वितरणलाई सहज बनाउन बिक्रेता तथा डिष्ट्रिब्युटर्सले आफूसँग भएको मौज्दातको विवरण सर्वसाधारणले देख्ने गरी ग्यास बिक्री स्थलमा टाँस्न अनुरोध गरेको छ।

कोरोना भाइरस (भोभिड–१९) को संक्रमण बढ्न सक्ने भनेर सरकारले मुलुकभर लकडाउन गरेपछि ग्यासको अभाव सुरु हुन थालेको थियो। सर्वसाधारणले दैनिक खाना पकाउन प्रयाग हुने अति महत्वपूर्ण वस्तूको रुपमा रहेको ग्यास वितरणमा सहज बनाउन बिक्रेतालाई उक्त आग्रह गरेको हो।

निगमले ग्यास बिक्रेता तथा डिष्ट्रिब्युटर्ससँग मौज्दात भएको १४.२ केजी ग्यास भरिएको सिलिण्डर आज आइतबार एक बजेसम्म बिक्री गरिसक्न भनेको छ। अन्यथा बाँकी रहेको ग्यास सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइने समते निगमले जनाएको छ।

आइबार १ बजे पछि १४.२ केजीको सिलिण्डर बिक्रेतासँग मौज्दात रहेको पाइएमा कारबाही गरिने समेत निगमले सूचनामा उल्लेख गरेको छ।

पहाडी जिल्लाको हकमा उपर्युक्तअनुसारको व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोकेबमोजिम हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .