ad ad

कारोबार


लकडाउनमा पनि धमाधम पोखरा विमानस्थलको काम गर्दै ३ सय चिनियाँ कामदार

लकडाउनमा पनि धमाधम पोखरा विमानस्थलको काम गर्दै ३ सय चिनियाँ कामदार

वसन्त अर्याल
चैत २३, २०७६ आइतबार ९:२२,

लकडाउनका कारण अधिकांश आयोजना निर्माणको काम ठप्प हुँदा पोखरा विमानस्थल निर्माणको काम भने भइरहेको छ। विमानस्थलमा रहेका चिनियाँ कामदारहरुले काम गरिरहेका हुन्।

‘लकडाउनका कारण सबै नेपाली श्रमिकलाई विदा गरिएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले नेपालखबरसँग भने, ‘विमानस्थलमा करिब ३०० चिनियाँ कामदारले भौतिक पूर्वाधार निर्माणको काम गरिरहेका छन्।’

अधिकारीका अनुसार विमानस्थलको रन वे, ट्याक्सी वे र एप्रोनको काम सकिसकेको छ भने एक्सिस रोडको काम भइरहेको छ। त्यस्तै टर्मिनल भवन, एटीसी लगायत पूर्वाधारमा फिनिसिङको काम भइरहेको छ।

pokhara airport1

‘श्रमिक भए पनि सामग्रीको भने अभाव छ। उपकरणसहित भौतिक पूर्वाधारका लागि आवश्यक पर्ने सामग्री बाहिरबाट ल्याउनुपर्ने थियो’, निर्देशक अधिकारीले भने, ‘बाहिरबाट सामग्री ल्याउन सम्भव नभए पनि एयरपोर्टभित्र भएका मौजुदा सामग्रीमार्फत काम भइरहेको छ।’

विमानस्थलभित्र काम गरिरहेका कामदार कोरोनाको संक्रमणबाट सुरक्षित रहेको अधिकारीले दाबी गरे।

‘विमानस्थलमा जो पायो त्यही जान सुरक्षा निकायले रोक्छ। कामदारहरुलाई पनि बाहिर आउन र जान बन्द गरिएको हुँदा भित्र करिब ३०० जना रहे पनि कोरोना संक्रमणबाट सुरक्षित छन्’, उनले भने।

कुनै निर्माण सामग्री नहुँदा पनि मेसिन तथा डोजरले गर्ने कामको लागि पेट्रोलियम पदार्थको प्रशस्त उपलब्ध हुँदा काम ठप्प नभएको उनले बताए।

सन् २०२१ जुलाईसम्म विमानस्थलको काम गर्ने म्याद रहे पनि विमानस्थलले २०२० को अन्त्यसम्म सबै काम सक्ने लक्ष्य रहेको बताएको थियो। तर अब लकडाउनको कारण २०२० को डिसेम्बरसम्म निर्माणको काम नसकिने निश्चितजस्तै छ।

भैरहवा विमानस्थलको म्याद सकियो तर काम सकिएन
भैरहवा विमानस्थलको निर्माणको अन्तिम म्याद मार्चको अन्त्यसँगै सकिएको छ। तर समयमै विमानस्थल निर्माणको काम भने सकिएन।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन् २०२० मार्च ३१ सम्म निर्माणकार्य सकिने अन्तिम म्याद भए पनि कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको छ।

‘भैरहवामा त काम ठप्प जस्तै छ । सबै कामदार विदामा रहेका छन्’, प्राधिकरणका निर्देशक अधिकारीले भने, ‘२६/२७ जनाले काम गरिरहेका छन् ।’

भैरहवा विमानस्थलको म्याद थप्ने कुनै छलफल नभएको उनले बताएका छन् । ‘अहिले त ज्यान बचाउँन गाह्रो छ । लकडाउन सकिएपछि म्याद थपको बल्ल कुरा हुन्छ,’ उनले भने ।

भैरहवा विमानस्थलमा भौतिक पूर्वधारका धेरै काम सकिएपनि उपकरण जडान र फिनिसिङका काम बाँकी रहेको विमानस्थलले जनाएको छ।

विमास्थलको निर्माणमा धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सीसीटीभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।

निर्माणकार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताएका छन्।

भैरहवा विमानस्थल ४ पटकसम्म म्याद थप गर्दा समेत काम सम्पन्न हुनसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .