नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु पाँचपाँच लाख सहयोग गरेका छन्।
उक्त सहयोग रकम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले राष्ट्रिय विपत्तिका समयमा नेपाल सरकारलाई सहयोग गर्ने कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै सहयोग गरिएको स्पष्ट गरे। रासस
प्रतिक्रिया