ad ad

कारोबार


मन्त्री भुसाल र सातै प्रदेशका कृषिमन्त्रीबीच छलफलः कृषकलाई राहत प्रस्ताव शनिबारसम्म

मन्त्री भुसाल  र सातै प्रदेशका कृषिमन्त्रीबीच छलफलः कृषकलाई राहत प्रस्ताव शनिबारसम्म

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १२:५१,

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीहरुबीच भिडियो बैठक सम्पन्न भएको छ। सातै प्रदेशमा किसानलाई राहत दिन शनिबारसम्म प्रस्ताव तयार पारी कृषि मन्त्रालयमा पेश गर्ने संघीय तथा प्रदेश कृषि मन्त्रीहरुबीच समझदारी भएको छ।

बैठकपछि मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशमा भएका कृषि तथा पशुजन्य क्षतिको आँकलन र राहतको प्रस्ताव भोलि शनिबारसम्म सबै प्रदेश कृषि मन्त्रालयले संघीय कृषि मन्त्रालयमा उपलब्ध गराउने, उक्त राहत प्रस्तावको निश्चित प्रतिशत संघीय कृषि मन्त्रालयले बहन गर्ने गरि राहत प्याकेज घोषणा गर्ने, प्रदेश सरकारले आफ्नो आवश्यकता अनुसार सो प्याकेजमा थप गरि किसानलाई राहत दिने निर्णय भएको छ।

बैठकमा बन्दाबन्दीले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायहरुसँग समन्वय गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सबै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रालयको द्रुत कार्य समूहबीच अझ बढी समन्वय गर्ने निर्णय पनि गरेको छ।

यस्तै, कृषि तथा पशुजन्य वस्तुको उत्पादन, ढुवानी र बिक्रीवितरणलाई अझै सहज बनाउन संघीय कृषि मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय गरिएको छ।

सबै प्रदेश सरकारको अबको बजेट कम्तीमा २० प्रतिशत कृषिमा विनियोजन गर्न प्रदेश मन्त्रीले पहल गर्ने तथा सोही अनुपातमा स्थानीय सरकारलाई पनि कृषि बजेटका लागि समन्वय गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .