ad ad

समाज


जनकपुरकाे सडकमा नेपाली नोट छरेर भागे दुई महिला, कोरोना फैलाउन त्यसो गरिएको आशंकामा अनुसन्धान तीव्र

जनकपुरकाे सडकमा नेपाली नोट छरेर भागे दुई महिला, कोरोना फैलाउन त्यसो गरिएको आशंकामा अनुसन्धान तीव्र

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १३:७,

धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोककाे सडकमा शुक्रबार दुई महिलाले नेपाली रुपैयाँका नोट छरेर भागेपछि प्रहरी आश्चर्यचकित भएको छ।

ती नोटमा कोरोना भाइरस रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ती महिलाले फालेका नेपाली नोट प्रहरीले बरामद गरेको छ। बरामद नोट काेराेना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको उनले बताए। 

प्रहरीले नेपाली रूपैयाँका नाेट छर्ने महिलाको तीव्र खोजी भइरहेको जनाएकाे छ। सिसीटिभीकाे फुटेजमा ती महिला अन्दाजी ४०-४५ वर्षका देखिएका छन्। 

नाेट छरिएको क्षेत्रलाई स्यानिटाइजर छर्केर सुरक्षित पारिएकाे र कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा प्रहरीले आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .