चैत महिनामा राजस्व संकलन निकै कमजोर बनेको छ। यो महिना लक्ष्यको आधा भन्दा कम राजश्व उठेको छ। कोरोना संक्रमणका कारण लकडाउन गरिएपछि लक्ष्यको ४७ दशमलव १६ प्रतिशत मात्रै राजश्व संकलन भएको हो। चैतमा सरकारले १ खर्ब ११ अर्ब २२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ५२ अर्ब ४५ करोड रुपैयाँ मात्रै संकलन भएको हो।
सरकारले चैतसम्म ७ खर्ब ९४ अर्ब ७८ करोड २३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। तर चैत सम्मको अशुली ६ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ मात्रै संकलन भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म भने सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
लकडाउन कै कारण राजस्व संकलन हुने सबै शिर्षकहरु चैत महिनामा कमजोर देखिएको हो। चैत महिनामा भन्सार मार्फत ७ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको हो। भ्याट मार्फत ८ खर्ब ७० अर्ब संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै आयकर मार्फत २१ अर्ब ४५ करोड र अन्तशुल्क ३ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको हो। आयकर बाहेक सबै शिर्षकको वृद्धिदर ऋणात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख यज्ञ प्रसाद ढुंगेलले राजश्व कमी देखिनु स्वभाविक भएको बताउँदै आगामी दिनमा यसलाई सकरात्मक तर्फ कसरी लाने भन्ने विषयमा छलफल भैरहेको जानकारी दिए। उनका अनुसार लकडाउन र कोरोना संक्रमणले राजस्वमा ठूलो असर पारिरहेको छ। आयत कमी हुनुमा यो अवधीमा खपत नै कमजोर रहेको र स्वदेशी उद्योग तथा अन्य क्षेत्र ठप्प रहनु नै मुख्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।
फागुनसम्म नयाँ उद्योग नै १६ हजार ९ सय ४५ दर्ता रहेकोमा चैत १० गते पछि यो कार्य ठप्प छ। जनवरी र फेब्रेवरीमा मात्रै १ लाख ८१ हजार पर्यटक नेपाल भित्रएकोमा चैत महिनामा भने आएका पनि फर्काउने अवस्था रह्यो। विद्युत आपूर्तिको माग समेत घटेको छ। फागुनसम्म गत वर्ष भन्दा १५ प्रतिशतले बढेकोमा यो अवधीमा भने विगतको मागको एक तिहाई मात्रै रहेको छ।
वैदेशिक लगानी आयात निर्यातले पनि राजश्वमा ठूलो प्रभाव पारेको हो। फागुनसम्म १० खर्ब ३८ अर्ब रुपैयाँ भित्रिएको थियो। तर यो समय भित्रिएको राजश्व परिचालित भए त्यसको राजश्व उठ्ने समय भए पनि त्यो कार्य ठप्प हुँदा राजश्व संकलनको वृद्धिदर ऋणात्मक हुन पुगेको हो।
प्रतिक्रिया