लकडाउनको ३० औं दिन आज पनि राजधानीबाट विभिन्न जिल्लामा जानेहरुको भिड लाग्यो।
काठमाडौंको जडिबुटी क्षेत्रमा घर जान पाइने आशमा सयौं मानिस दिउँसै देखि जम्मा भएका थिए। तर, साँझ अबेरसम्म प्रहरीले घर जान नपाइने भन्दै उनीहरुलाई रोकेको थियो।
त्यसपछि कैयौं मानिसहरु फेरि हिँडेर आ–आफ्ना बासस्थानतिर फर्किएका छन् भने कतिपय साँझ अबेर गन्तब्यमा लागेका छन्।
जडिबुटीमा भेला भएकाहरु कोठामा खाने खर्च सिद्धिएकोले घर जानुपर्ने बाध्यता सुनाइरहेका थिए। प्रहरीले रोकेकोमा उनीहरु आक्रोशित समेत देखिन्थे।
मंगलबार यता हजारौं नागरिकले उपत्यका छोडेका छन्। तर, सहज रुपमा गाउँ जान नपाउँदा धैरै सर्वसाधारण निराश बनेका छन्।
प्रतिक्रिया