ad ad

कारोबार


नेपाल राष्ट्र बैंकले नयाँ योजनालाई बजेट नछुट्याउने

नेपाल राष्ट्र बैंकले नयाँ योजनालाई बजेट नछुट्याउने

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ६:४५,

नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ।

हिजोका योजनाहरु अगाडि बढाउन नयाँ योजनाका लागि बजेट छुट्याउनसक्ने अवस्था नभएको बैंकले बताएको छ।

पाइपलाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए।

उनले भने, ‘नयाँ योजनाहरुका लागि थप प्लानिङ गर्नुपर्ने हुन्छ । हिजो तयार भएका योजनालाई पुनः प्राथमिकीकरण गर्नुपर्ने हुन्छ। ती सबै योजना हिजो सोचेजस्तै गरी अहिले टाइमलाइनमा जान समस्या नै छ ।’

साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ। साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिने गरी पुनर्कर्जा कार्यविधि गरिने गभर्नर अधिकारीले बताए। पुनर्कर्जाको प्रक्रिया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणीहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उनले बताए।

उनले भने, ‘अहिलेको प्रोसेस धेरै लामो भयो। ठूला खालका ऋणीहरुले मात्रै हिजो पाएजस्तो देखियो। सानोभन्दा सानो ग्राहकले पनि पाउने गरी कार्यविधि बनाउँदै छौँ। सामान्य पुनर्कर्जामा २ प्रतिशत ब्याजछुट हुन्छ। हिजो राष्ट्र बैंकले ३ र अन्य बैंकहरुले ७ प्रतिशत ब्याज लिँदै आएका थिए। अहिले त्यसलाई घटाएर राष्ट्र बैंकले २ र अन्य बैंकले ५ प्रतिशतमा दिनुपर्नेछ।’

सरकारले पुनर्कर्जाको सीमा पनि विस्तार गरेको छ। पुनर्कर्जाको सीमा विस्तार गरी १ खर्ब पु¥याउने निर्णय सरकारले गरेको हो। पुनर्कर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने चालू पुँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन पनि सरकारले राष्ट्र बैंकलाई भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .