ad ad

कारोबार


पूर्वअर्थमन्त्री पाण्डे भन्छन्ः बजेट महत्वाकांक्षी छैन तर कार्यान्वयनमा चुनौती छ

पूर्वअर्थमन्त्री पाण्डे भन्छन्ः बजेट महत्वाकांक्षी छैन तर कार्यान्वयनमा चुनौती छ

नेपालखबर
जेठ १८, २०७७ आइतबार ८:७,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन्।

आर्थिक वर्ष २०७७÷०७८को बजेट माथिको राजस्व र व्यय अनुमान माथिको सैद्धान्तिक छलफलमा सांसद पाण्डेले अहिलेको सम्पूर्ण परिस्थितिलाई ध्यानमा राख्दै आएको बजेट महत्वाकांक्षी नभएको बताएका हुन्।

बजेटका स्रोतहरुको अभावका कारण चालू खर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थापनमा छुट्याइएको बजेट खुम्चिएको उनले बताए। चालू आर्थिक वर्षमा २८ प्रतिशत मात्रै खर्च भएकोले यसले कार्यान्वयन क्षमता कमजोर रहेको प्रष्ट पारेको उनले बताए।

उनले आगामी आर्थिक वर्षमा कार्यान्वयनमा यस्तो अवस्था आउन नदिने गरी काम गर्नतर्फ ध्यान दिनुपर्ने उनले बताए। बजेटमा ८ खर्ब ९० अर्ब राजश्व उठाउने र चालु खर्च ९ खर्ब ४९ करोड खर्च गर्ने उल्लेख भएको भएपनि झण्डै ६० अर्ब रुपैयाँले अझै चालु खर्च धान्ने अवस्था नभरहेको उनले बताए।

विश्व बैंक र एशियाली विकास बैंकलगायतका संस्थाहरुले बजेट सपोर्टका लागि अनुदान दिने बचन दिनु पनि सकारात्मक पक्ष भएको उनले बताए। ब्यालेन्स अफ पेमेन्टमा समस्या आउन नदिन आईएमएफले क्रेडिट सुविधा दिनु सकारात्मक भए पनि वैदेशिक मुद्रालाई व्यवस्थापन गर्न चुनौती रहेको उनको भनाइ छ। पर्यटन र रेमिट्यान्स पनि घट्न सक्ने हुँदा वैदेशिक मुद्राको स्टकमा चाप पर्न सक्ने चुनौती रहेको उनको भनाइ छ।

प्रदेश र स्थानीय तहमा जाने पैसालाई कटौती नगर्नु सकारात्मक पक्ष भए पनि संघीय सरकारले स्थानीय तहको खर्च गर्ने क्षमता विकासका लागि सहयोग गर्नुपर्ने आवश्यकता औल्याए। स्वास्थ्य क्षेत्रमा झण्डै एक तिहाइ बजेट विनियोजन भएको उल्लेख गर्दै उनले भवन, औजार र उपकरण मात्रै अस्पताल नभएकोले जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे।

कृषकहरुलाई उत्पादन गर्नुपूर्व नै आधारमुल्य तोकेर मनबोबल बढाउने प्रयास बजेटले गर्नु सकारात्मक भएको बताए। विदेशबाट नेपाल फर्किने नागरिक बढ्ने भएकाले अझै बढी उत्पादन बढाउनु पर्ने अवस्थामा कृषिमा अझै बजेट कम भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .