ad ad

कारोबार


टीकापुरमा सेनिटरी प्याड खरीद गर्न रु ५२ लाख बजेट

टीकापुरमा सेनिटरी प्याड खरीद गर्न रु ५२ लाख बजेट

नेपालखबर
असार १०, २०७७ बुधबार ११:३१,

कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ। नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार तीन सय विनियोजन गरेको छ।

नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ। सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७७/०८७ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयु सेवा सञ्चालनका लागि रु ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरिएको जानकारी दिइन्।

एक वडा एक गौरवको सडक योजनाअन्तर्गत सडक कालोपत्रेका लागि रु सात करोड २० लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरीदका लागि रु ५२ लाखसहित शिक्षा क्षेत्रमा रु २२ करोड ३९ लाख ५२ हजार सात विनियोजन गरिएको छ।

पर्यटन प्रवद्र्धन गर्न रु २१ लाख ५० हजार रकम विनियोजन गरेको छ। नगरसभाले दुई विधेयक पनि पारित गरेको छ। उपप्रमुख विष्टले प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ मा बहुमत देखिएपछि सभाध्यक्ष तपेन्द्रबहादुर रावलले पारित भएको घोषणा गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .