ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकद्वारा होल्डिङ सेन्टरमा खानेपानी वितरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा होल्डिङ सेन्टरमा खानेपानी वितरण

नेपालखबर
असार १४, २०७७ आइतबार १०:९,

राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा सरकारले सञ्चालन गरिरेहको विभिन्न होल्डिङ सेन्टरहरुमा खानेपानी वितरण गरेको छ।

कोरोना महामारीको अवस्थामा देश बाहिर रहेका नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसके पछि विभिन्न होल्डिङ सेन्टरहरुमा राखी घर पठाउने गरेको छ। उक्त होल्डिङ सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा नेपाल रेडक्रसको अगुवाइमा भैरहेको छ।

बैंकले बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ। सो अवसरम बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आवश्यक पर्ने खानेपानी हस्तान्तरण गरिन्।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .