ad ad

कारोबार


सलहबाट बाली जोगाउन के गर्ने? सरकारको यस्तो छ आग्रह

सलहबाट बाली जोगाउन के गर्ने? सरकारको यस्तो छ आग्रह

नेपालखबर
असार १४, २०७७ आइतबार १५:२८,

सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ।

शनिबारबाट नेपालमा पनि सलह किरा देखापरेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पु-याउने अभियान चलाउन आग्रह गरेको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउन सकिने बताएको छ।

यस्तै टनेल भित्रको बालीलाई वरिपरिबाट किरा छेक्नेगरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए। किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाइँ केही दिन पर सारेर गर्दा पनि क्षति कम हुने फर्त ध्यान दिन उनले आग्रह गरे।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपु-याएको बताए। किराले क्षति नपु¥याएपनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उनले फेरि हावाको चाप नेपालतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताए।

मन्त्रालयले विषदीको लागत राख्न पनि आग्रह गरेको छ। स्थानीय एग्रोभेटहरुलाई सूसुचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ। विषादी प्रयोग गर्दा साँझपख वा विहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .