ad ad

कारोबार


मोबाइल एप र वेबसाइटबाट बुद्ध एयरको टिकट किन्दा भारी छुट

मोबाइल एप र वेबसाइटबाट बुद्ध एयरको टिकट किन्दा भारी छुट

नेपालखबर
असार ३०, २०७६ सोमबार १२:१०,

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरलाइन्सले टिकट खरिदमा विशेष योजना ल्याएको छ। योजनाअनुसार कम्पनीले सञ्चालन गरेको मोबाइल एप र वेबसाइटबाट टिकट खरिदमा विशेष छुट दिइनेछ। यो छुट बुद्धका राष्ट्रिय उडानहरुमा मात्र प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायतका विभिन्न सुविधा प्रदान गर्दै आइरहेको छ। यो मोबाइल एपमार्फत घरमै बसेर केही क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिने कम्पनीको भनाइ छ। मोबाइल एपमार्फत यात्रुले सजिलै आफ्नो वा आफन्तको उडानबारे सजिलै जानकारी लिनसक्छन् ।

मोबाइल एपबाट भाडादर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्थालगायत पर्यटकीय गन्तव्यहरुबारे विस्तृत जानकारी लिन सकिन्छ। एयरलाइन्स वा ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइलमै हेर्न सकिन्छ।

एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था छ। नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई डलर भाडादर भएको कम्पनीले बताएको छ। बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा रहेका छन्। बुद्धसँग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन्। कम्पनीसँग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी विमान रहेका छन्।

भारतको बनारसमा उडान भर्दै आएको बुद्ध एयरले एटीआर ७२–५०० बाट कलकत्ता उडान पनि पनि गरिरहेको छ। हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, तुम्लिङटार, सिमरा, सुर्खेतमा उडान भर्दै आएको छ । 

त्यसैगरी कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट ९एक्स्पेरियन्स अन्नपूर्णको उडान पनि गर्दै आएको छ। बुद्धले हरेक दिन ५ दर्जन उडान भर्ने गरेको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .