क्रिएसनले कोका-कोला नेपालको साथमा सफाइकर्मीहरु र उनीहरुको परिवारलाई कोभिड-१९ को नकारात्मक प्रभावबाट सुरक्षित राख्न राहत तथा सुरक्षा सामग्री प्रदान गर्दै चितवनमा दोस्रो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।
यो राहत वितरण कार्यक्रम क्रिएशन र कोका-कोला नेपालको जारी सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा हो जसको लक्ष्य नेपालभरका ३२ सय सफाइकर्मीलाई सहयोग गर्ने र जीविकोपार्जनको रक्षा गर्ने रहेको छ।
उक्त टोली अहिले अन्तिम चरणको राहत वितरण कार्यक्रमको तयारी गरिरहेको छ जुन आगामी साता सप्तरी, सिराहा र पर्सा जिल्लामा आयोजना गरिनेछ ।
चितवनमा भएको दोस्रो चरणको वितरणमा ६ सय ४० सफाइकर्मीहरु लाभान्वित भएका छन् जहाँ गुणस्तरीय राशनको ५ सय २७ प्याकेज, औषधि, जागरुकता सामग्रीहरु र ग्लभ्स, बुट र पीपीई लगायत १ सय १७ सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो । यसका साथै चिकित्स परामर्श र सामान्य स्वाच्छता जागरुकता पनि प्रदान गरिएको थियो ।
उक्त वितरण कार्यक्रमहरु रत्ननगर र भरतपुरको १५ वटा विभिन्न स्थानहरुमा आयोजना गरिएको थियो जुन रिसाइक्लर साथी, कवाड व्यवसायी संघ र ग्रीन सिटी वेस्ट म्यानेजमेन्टको सहयोगमा सम्पन्न भएको थियो भने भरतपुर नगरपालीकाकी सहायक मेयर पार्वती शाह ठकुरी र रत्ननगर नगरपालीकाका मेयर नारायण वनको उपस्थिति रहेको थियो ।
Shares
प्रतिक्रिया