पसल बन्द रहेको अवस्थामा समेत सिभिल मल सञ्चालकले भाडा तिर्न दबाब दिएपछि व्यापारीले चाबी बुझाएका छन्। सिभिल मल व्यापार संघले तीन महिनादेखी बन्द रहेको मलको भाडा तिर्न लिखित र मौखिक रुपमा दवाव दिएको भन्दै चाबी बुझाएको हो।
संघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सरकारले कर तिर्न ताकेता गर्नु, सावा ब्याज भुक्तानी गर्न व्यापारीलाई बैंकले दबाव गर्नु, बन्द अवधिको पनि कर्मचारीलाई तलब दिनुपर्ने र पसल भाडा तिर्नुपर्ने हामीलाई दबाव छ।’
असार १ देखी पसल खोलेपनि बोहोनी समेत गर्न नसकेको भन्दै आम्दानी नै नभएको र भोलिको दिनमा पनि व्यापारको वातावरण नभएर भाडा तिर्न नसक्ने हुँदा चाबी बुझाइएको संघले जनाएको छ।
सञ्चालकले असार २५ गते भाडा नतिरे बिलम्ब शुल्क लाग्ने चेतावनी दिएको संघले जानकारी दिएको छ।
प्रतिक्रिया