कमला नदीमा बाढी बढ्दो क्रममा रहेकाले सिन्धुलीदेखि तल सिरहा, धनुषालगायत तटीय क्षेत्रमा रातिसम्मै सतर्कता अपनाउन स्थानीय बासिन्दालाई बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
तितरिया जलमापन केन्द्रमा कमला नदीको जलसतह सतर्कता आपसास पुगेको र बढ्दो क्रममा रहेकाले उल्लिखित क्षेत्रमा रातिसम्मै बाढीको जोखिम देखिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
असार २६, दिउँसो ३:३० बजे
हाल कमला नदि, तितरिया जलमापन केन्द्रमा जलसतह सतर्कता आसपास पुगेको र अझै बढ्दो क्रममा रहेकोले सिन्धुलीबाट तल्लो तटीय क्षेत्र सिराहा, धनुषा लगायतमा राति सम्मै सतर्कता अपनाउनुहोला @NEOCOfficial @NDRRMA_Nepal pic.twitter.com/htJsHJ6De8
प्रतिक्रिया