ad ad

कारोबार


सुन्दर यातायातले मंगलबारदेखि बस सञ्चालन गर्ने

सुन्दर यातायातले मंगलबारदेखि बस सञ्चालन गर्ने

नेपालखबर
असार २९, २०७७ सोमबार १४:४५,

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मंगलबारदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ।

प्रालिले कोभिड–१९ को संक्रमण नेपालमा भित्रनु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो। सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ। चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौं उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो। उपत्यकामा आइतबारसम्म ट्याक्सी बाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन। सोमबार मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले बस सञ्चालन थालिसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .