ad ad

कारोबार


‘नेपालमै उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गरौं’

‘नेपालमै उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गरौं’

नेपालखबर
असार ३०, २०७७ मंगलबार १५:११,

नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ। 

असार २२ गते स्यानिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो। देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने संघका महासचिव विप्लव अधिकारीले बताए।

लक डाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरुले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्तरहिन र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे।

मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ। मंगलबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिएको छ। आफ्ना मागहरु पुरा नभएर आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .