इजी लिंक रेमिट्यान्स प्रालि नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ।
यो व्यवस्थासँगै इजी लिंक रेमिट्यान्सका भुक्तानीका कारोबारहरु कनेक्ट आईपीस इ–पेमेन्ट प्रणालीमार्फत तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएसमार्पmत तोकिएको समयसीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ।
यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि इजी लिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।
3
Shares
प्रतिक्रिया