ad ad

कारोबार


ग्लोबल आईएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य

ग्लोबल आईएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १४:८,

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले बज्राचार्यलाई चार वर्षको लागि नियुक्ति दिएको हो।

बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालका अनुसार सीईओ बज्राचार्यले भदौ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन्।

जनता बैंकसँग मर्ज भएपछि ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंकको रुपमा रहेको छ। बैंकका सीईओ पर्शुराम कुँवरले राजीनामा दिएपछि सीईओ पद रिक्त रहेको थियो।

बज्राचार्य यो भन्दा अघि पनि ग्लोलब आइएमई बैंककै सीईओको रुपमा काम गरिसकेका छन्। उनी ग्लोबल छोडेर सनराइज बैंक गएका थिए। गत वर्ष सनराइज बैंक पनि छोडेर बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .