ad ad

कारोबार


‘आगामी दिनमा सुनको भाउ घट्ने वा बढ्ने विश्व स्वास्थ संगठनमा भर पर्छ’

‘आगामी दिनमा सुनको भाउ घट्ने वा बढ्ने विश्व स्वास्थ संगठनमा भर पर्छ’

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १५:१,

सुनको बजार भाउमा उतार चढाव भैरहेको छ। नेपाली बजारमा यो साताको पहिलो दिन १ लाख ३ हजार ५ सय पुगेको सुन बुधबार ९५ हजार ४ सय पुगेर शुक्रबार ९८ हजार ६ सयमा उक्लिएको छ।

नेपाली बजारमा पछिल्लो समय सुनको बजारभाउ आकासिँदै गर्दा त्यसको कारण भने व्यवसायीहरुले तीनवटा कारण देखेका छन्।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार पहिलो नेपालमा जेठ १५ गते आएको संघीय सरकारको बजेटले भन्सार बढायो त्यसले गर्दा सुनको मूल्य बढेको हो। १० प्रतिशतले बढेको भन्सारले मूल्य पनि १० प्रतिशत बढाउने नै भयो। त्यसैगरी डलरमा नेपाली रुपैयाँ कमजोर बन्नुको कारणले पनि मूल्यमा प्रभाव पार्‍याे। 

तेस्रो, कोरोना नै हो। कोरोनाको असर नपरेको भए सुनको मूल्य यति माथि नजाने शाक्यको भनाई छ।

उनले भने ‘कोरोना र त्यसपछि भएको लकडाउनको करणले गर्दा विश्व बजारमा लगानीको राम्रो स्थान अर्थात् लगानीकर्ताले सबै भन्दा सुरक्षित स्थान देखेकै सुनचाँदी क्षेत्र हो। त्यसकारणले उनीहरुले यसमा लगानी बढाउँदा मूल्य बढेको हो।’

विश्व बजारमा सुनको माग अत्यन्तै बढेका कारण भाउ पनि बढेको हो। तर नेपालमा भने त्यो नियम लागू छैन। नेपालमा सुनमा नै लगानी गर्ने लगानी कर्ताहरु छैनन्। नेपालीको बजार भाउलाई भन्सार, अन्तर्राष्ट्रिय बजार मूल्य र डलरले प्रभाव पारेको हो। लगानी कर्ताबाट माग आएर प्रभाव भने नपरेको शाक्य बताउँछन्।

यही हप्ता उच्च मूल्यमा पुगेर ह्वात्तै घट्नु र पुनः करेक्सन हुँदै जानुमा भने कोरोनाको औषधिसँग पनि जोडिएको उनी बताउँछन्।

उनी भन्छन् ‘सुनको मूल्य बढ्दै गयो, उच्च विन्दुमा पुग्यो। तर त्यही दिन रसियाले भ्याक्सिन बनाएको भन्ने जानाकारी दियो। त्यसपछि एक्कासी मूल्यमा गिरावट आयो। अब विश्व स्वास्थ्य संगठनले कोरोनाको औषधि प्रमाणित गरेपछि विश्व बजारमा नै सुनको मूल्यमा गिरावट आउने देखिन्छ।’

उनका अनुसार यस्तो भावनामा लगानीको कुरा जोडिएको छ। यही कारणले गर्दा आगामी दिनमा बजार भाउ घट्ने वा बढ्ने भन्ने कुरा पनि विश्व स्वास्थ्य संगठनले औषधि कहिले प्रमाणित गर्छ भन्ने सँग भर पर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .